अभिनेत्री दीया पुन सगरमाथा आरोहण गर्ने तयारीमा

अभिनेत्री दीया पुनले विश्वको सबैभन्दा अग्लो हिमाल सगरमाथाको आरोहण गर्ने भएकी छन् । उनले आउँदो अप्रिल महिनामा सगरमाथा आरोहण गर्न लागेकी हुन् । उनले निजी खर्चमा सगरमाथा आरोहण गर्न लागेकी हुन्।

बेलायतको कोलचेष्टर अस्पतालमा नर्सका रुपमा कार्यरत उनले आफ्नो व्यक्तिगत सौख पूरा गर्न भन्दा पनि संसारभरका नर्सहरुको मनोवल बढाउन सगरमाथाको आरोहण गर्न लागेको बताएकी छन् ।
उनले सगरमाथा आरोहणमार्फत तीनवटा च्यारिटीका लागि सहयोग संकलन गर्ने भएकी छिन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, उनी कार्यरत कोलचेष्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् ।

यसअघि उनले ८ हजार १ सय ६३ मिटर संसारको आठौं अग्लो मनास्लु हिमाल चढिसकेकी छन् । पुनले सन् २०१८ अर्जेन्टिनाको ६ हजार ९ सय ६१ मिटर अग्लो माउन्ट अकोनकागुवाको पनि आरोहण गरेकी थिइन् । कोरोना महामारीका कारण रसियास्थित सबैभन्दा अग्लो हिमाल इल्ब्रस र अफ्रिकास्थित सबैभन्दा अग्लो माउन्ट किलिमञ्जारो चढ्ने उनको योजना भने पूरा हुन सकेन ।

चलचित्र ‘वीर विक्रम’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी दीया अभिनीत चलचित्र ‘मन्त्र’ यही माघ २८ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले ‘ह्याप्पी डेज’, ‘मिस्टर झोले’, ‘दयारानी’ लगायतका चलचित्रमा अभिनय गरेकी छन् ।

Leave a Reply