आलिया र रणवीरलाई पुत्रीलाभ!

बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट आमा-बुबा बनेका छन् । आलिया र रणवीरले आफ्नो पहिलो सन्तान अर्थात् छोरीलाई स्वागत गरेका छन् । आलियाले मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा स्वस्थ छोरीलाई जन्म दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रणवीर र आलियाले चार वर्षभन्दा लामो सम्बन्धपछि अप्रिलमा विवाह गरेका थिए । मुम्बईमा रणवीरको घरमा एक निजी र आत्मीय विवाह समारोहमा यो जोडी विवाह बन्धनमा बाँधिएका थिए ।

Leave a Reply