‘सेल्फी किङ’को ट्रेलरमा विपिनको पीडा (भिडियो सहित)

विशाल सापकोटा निर्देशित चलचित्र ‘सेल्फी किङ’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । मंगलबार राजधानीको कुमारी हलमा आयोजना गरिएको एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा भर्सटायल अभिनेता विपिन ‘सेल्फी किङ’ नामक हास्यकलाकारको भूमिकामा छन् ।

कलाकारको जीवनमा आउने उतार-चढावको कथा ट्रेलरमा देखाइएको छ । एक चर्चित टेलिभिजन हास्यकलाकारको तीन दिनको कथा उतारिएको चलचित्र आगामी माघ २४ मा प्रदर्शनमा आउने छ । ड्रामेडी जनरामा निर्माण भएको चलचित्रमा विपिनका अलवा लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय छ भने अभिनेत्री केकी अधिकारीले बिशेष भुमिकामा अभिनय गरेकी छिन ।

सुभाष थापा र निर्देशक दिनेश राउतले निर्माण गरेको चलचित्रमा निर्देशक सापकोटाको लेखन छ । सुभाष र दिनेशले गत वर्षको चर्चित चलचित्र ‘प्रसाद’मा सहकार्य गरेका थिए । राजेश बिसुराल र प्रवल कोइराला सह-निर्माता रहेको चलचित्रमा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत, बि. पाण्डेको शव्द,अञ्जु पन्त र पुरुषोत्तम सुबेदीको गायन, उदय पौडेलको संगीत संयोजन, निर्मल लामाको कोरियोग्राफी छ ।


Leave a Reply