अभिनेत्री मिरुना र फिल्म प्राविधिक ठकुरीविरुद्ध अदालतमा मुद्दा दर्ता

अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता गरेका छन् ।

तामाङले आफूमाथि भएको गाली बेइज्जती र कुटपिट सम्बन्धमा माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको उजुरीमा उल्लेख छ ।

गत जेठ काठमाडौंको सिभिल मलको हलमा ‘कबड्डी ४’ फिल्मको प्रचारका लागि दर्शकसँग साक्षात्कार गर्न पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुर्व्यवहार गरेको भन्दै थप्पड हानेर प्रहरीमा बुझाएकी थिइन् । यो विषयले बौद्ध समुदाय चलचित्र विरुद्ध प्रदर्शनमा उत्रिएको थियो ।

अभिनेत्री मिरुनामाथि भएको ‘अभद्र व्यवहार’सम्बन्धी घटनामा फुर्पा तामाङले गल्ती स्वीकारेपछि अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी दिएको बताएकी छन् । अभद्र व्यवहारमा प्रहरी नियन्त्रणमा रहेका फुर्पाको रिहाइको माग गर्दै समर्थकहरुले केएल टावर र चलचित्र विकास बोर्डमा प्रदर्शन गरेपछि दुई पक्षबीच सहमति भएको थियो।

Leave a Reply