सुशील र रुबिनासँगै ‘ट्वीन्स गर्ल’ को छमछम (भिडियो सहित )

चलचित्र ‘लभ डायरीज’ को दोस्रो गीत सार्वजनिक भएको छ । सोमबार राजधानीको किउज सिनेमाजमा आयोजना गरिएको एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ‘छम छम ’ बोलको गीतमा दुर्गा खरेल र सुरेश लामा को स्वर छ । चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतको अन्तिममा चर्चित बाल गायिका कमला घिमिरेले गाएको लोकदोहोरीको केही अंश पनि समावेश गरिएको छ । भने, भिडियोमा उनलाई चलचित्रका अभिनेता सुशीलसँग दोहोरी खेल्दै गरेको देख्न सकिन्छ ।

गीतमा चलचित्रका प्रमुख अभिनेता सुशील श्रेष्ठ र नव-अभिनेत्री रुबिना थापासँगै ‘ट्वीन्स गर्ल’ प्रिष्मा खतिवडा र प्रिन्सी खतिवडाले ठुम्का लगाएका छन् । गीतका कोरियोग्राफर प्रविन सिंह हुन् । प्रेम दिवसको अवसरमा अर्थात् आउँदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउने चलचित्रमा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

चलचित्रका निर्देशक सौरभ चौधरी चलचित्रमा युवा-युवतीबीचको माया-प्रेमलाई समावेश गरिएको बताउँछन् । चलचित्रमा साहिल खान/मिलन श्रेष्ठको सम्पादन र सञ्जय लामाको छायांकन रहेको छ । विनोद सापकोटाको मुख्य लगानी रहेको चलचित्रमा सरोज तुलाधर निर्माताको रुपमा छन् ।

Leave a Reply