साम्राज्ञी र जितुको ‘ह्यारीकी प्यारी’ को छायांकन सम्पन्न

अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता जितु नेपालको मुख्य भूमिका रहेको चलचित्र ‘ह्यारीकी प्यारी’को इन्ड क्ल्याप गरिएको छ। डा. कपिल रिजालको निर्देशनमा निर्माणाधिन रोमान्टीक कमेडी चलचित्रको काठमाडौं, पोखरा, पर्वत, चितवनलगायतका स्थानमा छायांकन गरिएको छ ।

कोरोना कहरका समयमा खोप लगाएका कलाकार र प्राविधिकलाई मात्र युनिटमा सहभागी गराई, सबै कलाकार तथा प्राविधिकको पिसिआर परिक्षण गरेर स्वास्थ्य मापदण्ड अपनाउँदै पर्वतबाट सुटिङ शुरु गरिएको चलचित्रको करिब डेढ महिना लगाएर सुटिङ पुरा गरिएको हो ।

चलचित्रमा जितु ह्यारी र साम्राज्ञी उनको प्यारीका रुपमा देखिनेछन्। जितु र साम्राज्ञीका साथमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समिक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनाललगायतका कलाकारले यसमा अभिनय गरेका छन् भने केही अन्य सरप्राइजसमेत रहेको निर्देशक रिजालले जानकारी गराए।

डा. कपिल रिजालको प्रस्तुति रहेको चलचित्रमा कथा निर्देशक डा. कपिल रिजाल, पटकथा र संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल रिजाल र अभिमन्यू निरवी, गीत डा. भोला रिजाल, संगीत शिखर सन्तोष र युग भुषाल, गायन सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशी, कोरियाग्राफी कविराज गहतराज, छायांकन निर्देशन सुदीप बराल र सम्पादन अर्जुन जिसीको रहनेछ। डा. कपिलले लण्डनमै बसेर अंग्रेजी भाषाका सर्ट फिल्महरु गिल्ट, साइलेन्स र कर्मा बनाइसकेका छन् भने नेपाल र लण्डनमा गरी एक दर्जन म्युजिक भिडियो निर्देशन गरिसकेका छन्। फिचर चलचित्रमा भने ह्यारीकि प्यारी उनको डेब्यु चलचित्र हो।

Leave a Reply