‘ग्रहण’बाट बाहिरिए विनय श्रेष्ठ, अब नम्रताको जोडी को?

केही महिनाअघि भारतको सिक्किमबाट घोषणा गरिएको चलचित्र ‘ग्रहण’बाट अभिनेता विनय श्रेष्ठ बाहिरिएका छन् । राजिव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने चलचित्रमा विनय र नम्रता श्रेष्ठले अनस्क्रिन रोमान्स गर्ने बताइएको थियो ।

सन् २००८ मा प्रदर्शन भएको आलोक नेम्बाङ निर्देशित ‘सानो संसार’मा यी दुई पछिल्लोपटक देखिएका थिए । १४ वर्षपछि विनय र नम्रतालाई चलचित्रमा जोडीको रुपमा हेर्न दर्शकको आतुर थिए ।

रे भेन्चर्स प्राइभेट लिमिटेडको संयुक्त व्यानरमा निर्माण हुने यो चलचित्र भारतको सिक्किममा ५० प्रतिशत र नेपालमा ५० प्रतिशत खिचिनेछ । हरी हुमागाईंको छायांकन र प्रविन श्रेष्ठको सम्पादन रहने चलचित्रको स्क्रिप्ट र स्क्रिनप्ले विशाल सापकोटाले तयार पारेका हुन् । चलचित्रको कथा निर्देशक गुरुङको नै हो । अभिनता विनय श्रेष्ठ चलचित्रबाट बाहिररिए पछि भने उनको ठाउँ अभिनेता दिव्यदेवलाई लिने कुरा भैरहेको छ ।

चलचित्रमा अभिनेता सारुक ताम्राकारको पनि अभिनय रहनेछ । नम्रता र सारुकले पहिलो पटक एकसाथ चलचित्रमा काम गर्न लागेका हुन् । चलचित्रको छायांकन पुष १५ पछि सुरु गर्ने तयारीमा निर्माण टिम छ ।

Leave a Reply