सुहाना र झरनाको ‘भागवद् गीता’को निर्माण नहुँदै अमेरिका राइट्स विक्री

झरना थापाको निर्देशनमा बन्न लागेको चलचित्र ‘भागवद् गीता’को निर्माण नहुँदै अमेरिका राइट्स विक्री भएको छ । चलचित्रमा अभिनेत्री सुहाना थापाको मुख्य भुमिका रहनेछ । यो चलचित्रको राइट्स मंहगो मुल्यमा नमस्ते इन्टरटेनमेन्ट अमेरिकाका अमृत राई, खेम गुरुङ र जंग राईको टिमले खरिद गरेको हो । यस्तै, नमस्ते इन्टरटेनमेन्टले बैशाख १ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘ए मेरो हजुर ४’को पनि अमेरिका प्रदर्शन अधिकार किनेको छ ।

केही हप्ताअघि ‘भागवद् गीता’को जनकपुरधाममा टिजरको छायांकन भएको थियो । टिजरमा अभिनेत्री सुहाना थापा मात्र देखिनेछिन् । चलचित्रका लागि नायक भने को हुने हो खुलाइएको छैन । चलचित्रको छायांकन भने साउन अन्तिम साताबाट सुरु हुनेछ ।

Leave a Reply