‘माइकल अधिकारी’को गीत ‘फापरको रोटी’मा सुष्मा र यशराज छमछमी नाच्दै

‘रियल कपल’ सौगात मल्ल र सृष्टि श्रेष्ठको प्रमुख भूमिका रहेको चलचित्र ‘माइकल अधिकारी’को दोस्रो गीत ‘फापरको रोटी’ सार्वजनिक भएको छ । मंगलवार यूट्युबमार्फत् सार्वजनिक गरिएको गीतमा शम्भुजित बाँस्कोटा, रवि ओड र टीका प्रसाइँको स्वर रहेको छ भने दयाराम दाहालको शब्द रचना तथा शम्भुजित बाँस्कोटाको संगीत छ । लोक शैलीमा तयार भएको गीतको भिडियोमा अभिनेत्री सुष्मा कार्की र अभिनेता यशराज गराच फिचर्ड छन् । त्यस्तै गीतमा सौगात र सृष्टिलाई पनि देख्न सकिन्छ ।

चलचित्र कृष्ण जन्मअष्टमीको अवसर पारेर भदौ ३ गतेबाट प्रदर्शनमा आउन लागेको छ । सेरोगेसीको कथामा आधारित भएर निर्माण भएको चलचित्रमा सौगात र सृष्टिसँगै अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्ससहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको अभिनय रहेको छ ।

रञ्जित रौनियारको निर्देशन रहेको चलचित्रलाई गोपीकृष्ण मुभिजले निर्माण गरेको हो । चलचित्रलाई काठमाडौंभित्र करणको कम्पनी जिजिए ग्रुप र मोफसलमा श्रीकृष्ण फिल्मस् र पाथिभरा फिल्मसले वितरण गर्दैछ । चलचित्रका प्रस्तुतकर्ता उद्धव पौडेल र निर्माता निरक पौडेल हुन् । चलचित्रमा राजुविक्रम थापाको छायाङ्कन, निर्देशक रन्जित रौनियारको कथा, शैलेश कंडेल क्षेत्रीको पटकथा तथा संवाद, शम्भुजित बाँस्कोटा र निलेश सिंहको संगीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

Leave a Reply