‘माछा माछा’को ट्रेलरमा सौगात, विजय र अनोज(भिडियो)

कात्तिक २९ गतेलाई प्रदर्शन मिति तय गरेको चलचित्र ‘माछा माछा’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमार्फत् चलचित्रको मूलकथा प्रस्ट्याउन खोजिएको छ ।

चलचित्रको सार्वजनिक ट्रेलरले दर्शकमा चलचित्रप्रति कौतुहलता जागृत गर्न सफल हुने देखिन्छ । चलचित्रमा सौगातको जोडी अभिनेत्री नम्रता श्रेष्ठसँग बाँधिएको छ । ‘माछा माछा’ मा अभिनेत्री सृष्टि श्रेष्ठको विशेष भूमिका रहेको बताइएको छ । तर, ट्रेलरमा उनलाई स्थान दिइएको छैन । ट्रेलरमा चलचित्रका मुख्य तीन कलाकार सौगात मल्ल, विजय बराल र अनोज पाण्डेले एक व्यक्तिको हत्याको सुपारी लिन्छन् र सोही काम सम्पन्न गर्न उनीहरूले गरेको यात्राको वरिपरि चलचित्र घुम्ने बुझिन्छ ।

रामबाबु गुरुङ र दयाहाङ राइ निर्माता रहेको चलचित्रमा ओम चन्द रौनियार र अर्जुन कार्की सह–निर्माताको रुपमा छन् भने कार्यकारी निर्माताको रुपमा मणिराम पोखरेल छन् । चलचित्रमा सौगात मल्ल, नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज साकोटा, पुष्कर गुरुङ, कमलमणी नेपाल, धु्रव कोइराला, बसन्त भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

नौमती इन्टरटेन्मेन्ट प्रोडक्शनको ब्यानरमा निर्मित चलचित्रमा लेखन तथा निर्देशन सुनिल गुरुङको छ भने अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ ।


Leave a Reply