सर्ट फिल्म ‘हनिमुन’ सार्वजनिक[चलचित्र सहित]

सञ्चारकर्मी रामजी ज्ञवालीको लेखन तथा निर्देशन रहेको छोटो चलचित्र ‘हनिमुन’ सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै निर्देशक ज्ञवालीले आफ्नो जन्मदिनको अवसर पारेर हनिमुन सार्वजनिक गरेका हुन् ।

राम्रो इन्टरटेनमेन्टको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘हनिमुन’मा विशाल कट्वाल र प्रतिभा केसीको अभिनय रहेको छ । विवाहपछि श्रीमान्-श्रीमतीको हनिमुनको क्षणमा भएको परिस्थितिलाई चलचित्रमा देखाइएको छ । चलचित्रमा विजय अर्यालको आवाज, विशाल निरौलाको म्युजिक, योगेश गाजीको ब्याकग्राउण्ड म्युजिक तथा मिक्सिंग र राजेन्द्र मोक्तानको कलरग्रेडिंग रहेको छ । चलचित्रलाई संकल्प भुजेलले खिचेका हुन् ।

ज्ञवालीले यसअघि डार्क मुन, एक लभर, लक डाउन लगायत एक दर्जन सर्ट फिल्म निर्माण गरिसकेका छन् । संकल्प भुजेलले खिचेको यो चलचित्रलाई साहिल खान र मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

चलचित्र हेर्नुहोस् :-

Leave a Reply