करिश्मा केसीको प्रेममा सलोन बस्नेत!

अभिनेतामा सलोन बस्नेतले आफु प्रेममा रहेको खुलाएका छन्। उनले ‘भ्यालेनटाइन डे’ को अवसरमा प्रेमिका करिश्मा केसीसंगको तस्विर सामाजिक संजाल इन्स्टामा पोस्ट गर्दै प्रेम सम्बन्ध खुलाएका हुन् । यो जोडी तीन वर्षदेखि प्रेममा छन् । उनीहरुले ‘यति माया गर्दा पनि’ बोलको एक म्यूजिक भिडियोमा अभिनय समेत गरेका छन् ।

करिश्मा पेशाले एयर होस्टेस् हुन् । करिश्मा केसीले इन्स्टाग्राममा सलोनसँगका निकै तस्विरहरु पोस्ट गरेकी छन् । करिश्माले बर्षा राउत र संजोग कोइरालाले दरबारमार्गमा सञ्चालन गरेको कोरियन रेष्टुरेन्ट ‘जेजु डो’ मा लगानी पनि गरेकी छन् ।

यो भन्दा अगाडि सलोन अर्की करिश्माको प्रेममा रमाइरहेका थिए । सलोन चलचित्र ‘लभ सब’ र ‘बाबु कान्छा’ मा एकसाथ काम गरेको अभिनेत्री करिश्मा श्रेष्ठको प्रेममा थिए ।

Leave a Reply