हरर थ्रिलर ‘चि मुसी चि’को टिजर सार्वजनिक

हरर थ्रिलर चलचित्र ‘चि मुसी चि : इभन डेड डिजायर बिलिङ्गिङ’को अफिसियल टिजर रिलिज भएको छ । संवाद बिहिन १ मिनेट २३ सेकेण्ड लामो टिजरमा कलाकारको मुभमेन्ट र पाश्र्व संगीतले दर्शकमाझ कौतुहल्ता, डर र उत्सुक्ता पैदा गर्न सफल छ ।

सोमबार सार्वजनिक टिजरले दर्शकको विश्वास जित्ने अपेक्षा निर्माण टिमको छ । नेपालमा उच्च कोटीको हरर सिनेमा हेर्ने दर्शकको चाहाना सिनेमाले पुरा गर्ने अपेक्षा निर्माण टिमको छ । आफुहरुले त्यही अनुसार नै स्टोरी, छायांकन र पोष्टप्रोडक्सनको काम गरेको प्रस्तुतकर्ता अरुण चक्रावर्ती बताउँछन् ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको हरर थ्रिलर जनराको सिनेमाको सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकार प्रिंयका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्ट लगायतका कलाकारलाई स्थान दिइएको छ । सिनेमाले नेपालमा हरर तथा थ्रिलरको ट्रेण्ड स्थापित गर्ने निर्माण टिमको विश्वास छ ।

Leave a Reply