‘म यस्तो गीत गाउँछु २’को ‘आफ्नै सम्झि परेली’ गीतमा पल र पूजाको रोमान्स

सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको प्रतिक्षीत चलचित्र ‘म यस्तो गीत गाउँछु २’को भ्यालेन्टाइन विशेष गीत सार्वजनिक भएको छ । ‘आफ्नै सम्झी परेली’ बोलको गीतमा गायक सुरेश लामा र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । ‘म यस्तो गीत गाउँछु’ को चर्चित गीत ‘आफ्नै सम्झि परेली छुन्छौ भने तिमी’ को हुक लाइन लिएर तयार गरिएको गीतमा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा रोमान्टिक अवतारमा प्रस्तुत छन् । ‘भ्यालेनटाइन डे’ को अवसरमा उपहार स्वरुप सार्वजनिक गरिएको गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ ।

आगामी फागुन १३ गतेबाट प्रदर्शनमा आउने चलचित्रको सार्वजनिक भएको ‘तिम्रो घरको वरिपरि’,‘दुःखको काँडा’ र ‘कसम कसम’ बोलको गीतलाई दर्शक तथा श्रोताले निकै रुचाएका छन् । चलचित्रको ट्रेलरलाई पनि दर्शकले अत्याधिक मन पराएका छन् । सांगीतिक प्रेम कथामा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।

गीत हेर्नुहोस् :-

Leave a Reply