नेपाल आइडलका उल्सन र सन्ध्याले गरे विवाह

नेपाल आइडल सिजन १ का प्रतियोगी उल्सन श्रेष्ठ र सन्ध्या जोशी विवाह बन्धनमा बाँधिएका छन् । नेपाल आइडल चलिरहेकै बेला प्रेममा परेको यो जोडिले प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । पारिवारिक जमघट र सीमित व्यक्तिको उपस्थितिमा यी दुवैले विवाह गरेका हुन् । २ वर्ष देखि प्रेम सम्बन्धमा रहेका उल्सन र सन्ध्याले तरकारी , सुस्त लगायत गीतमा एक साथ स्वर दिएका छन् । आइडलमा सन्ध्या टप १० मा पुगेकी थिइन् भने उल्सनले टप ८ सम्मको यात्रा तय गरेका थिए ।

Leave a Reply