वरिष्ठ गायिका लता मंगेशकरको निधन

भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । आज सरस्वती पूजाकै दिन उनको निधन भएको हो । ‘स्वर कोकिला’ उपनामले चिनिने लताको मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको भारतीय संचारमाध्यमले जनाएको छ ।

लता मंगेशकर, भारत रत्न, पद्म विभूषण, पद्म भूषण र दादासाहेब फाल्के पुरस्कार प्राप्तकर्ता, भारतीय सिनेमाको एक प्रतिक थिइन्, जसले हिन्दी चलचित्रहरूको विस्तृत सूचीको लागि प्लेब्याक गाईन्; उनले मराठी र बंगालीलगायत धेरै क्षेत्रीय भाषाहरूमा पनि गीत गइन्।

Leave a Reply