‘लाखे’ मा प्रशान्त ताम्राकारको इन्ट्री

चलचित्र ‘लाखे’ मा अभिनेता प्रशान्त ताम्राकारको पनि अभिनय रहने भएको छ। निर्माण युनिटले चलचित्रको मुख्य भिलेन भूमिकाका लागि उनलाई अनुबन्धित गरेको हो । प्रशान्तलाई दर्शकले खलनायकको भूमिकामा निकै रुचाउछन्।

चलचित्र ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतको निर्देशनमा निर्माण हुने चलचित्र ‘लाखे’ को यतिबेला काठमाडौंमा धमाधम छायांकन भइरहेको छ । गत पुष अन्तिमबाट छायांकन सुरु भएको चलचित्रको कोरोना संक्रमणलाई मध्यनजर गर्दै निर्माण टिमले एकै समयमा दुई यूनिट बनाएर छायांकन गरिरहेको छ ।

एउटा चलचित्र छायांकनका लागि दुई युनिटले काम गरेको नेपालको सम्भवतः यो पहिलो हो । ६ करोडको लागत अनुमान गरिएको मल्टिस्टार चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, वर्षा राउत, रोहित रुम्बा, सुनिल थापा लगायतको अभिनय छ ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुन्। कथासमेत निर्माता अर्यालकै रहेको चलचित्रको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन्।

Leave a Reply