‘कालो केशमा रेलिमई’ गीतको युट्युबमा एक करोड भ्युज

तीन महिनाअघि सार्वजनिक भएको गीत ‘कालो केशमा रेलिमई’ले युट्युबमा एक करोड भ्युज प्राप्त गरेको छ । दिनेश ढकालको शब्द, संगीत र स्वर रहेको पहिलो गीतले बिहीबार युट्युबमा एक करोड भ्युज पुगेको हो । सार्वजनिक भएसँगै यो गीत टिकटकमा निकै भाइरल भएको थियो र अहिलेसम्म पनि दर्शकश्रोताले रुचाइरहेका छन् ।

गीतको भिडियोलाई मानव सुवेदीले छायांकन, निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियोमा अल्का सुवेदी, राजन न्यौपाने, शिव थापा, स्वीकृति उप्रेतीसँगै सर्जक एवं गायक ढकाल देखिएका छन् । लोक तथा आधुनिक भाषाको फ्युजन रहेको आफ्नो पहिलो गीत करोडमा प्रवेश गरेसँगै निकै खुसी लागेको ढकालले फेसबुकमा उल्लेख गरेका छन्।

Leave a Reply