राजेश पायल राईको ‘काली काली’ गीतमा गजित, गम्भीर र सामारिकाको नृत्य

गायक राजेश पायल राईको स्वरमा ‘काली काली’ बोलको नयाँ गीत सार्बजनिक भएको छ। टी.एन आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोख्रेलले संगीत भरेका छन। गीतमा गजित बिष्ट, गम्भीर बिष्ट र मोडल सामारिका ढकाल फिर्चड छन् । गजित र गम्भीर दुवै चल्तीका निर्देशक तथा काेरियाेग्राफर हुन् ।

गजितले चलचित्रमा समेत काम गरिसकेका छन् । सम्बन्धले यी दुई दाजुभाइ पनि हुन् । लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा कम्मर मर्काएका छन। लामो समयपछी गजित र गम्भीरले सहकार्य गरेको रोमान्टिक डान्सिङ भिडियोलाई निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् ।

टी.एन आचार्यले नै निर्माण गरेको गीतलाई बिकास नेपालले कोरियोग्राफी गरेका छन् । ‘द प्रिमियर प्रोडक्सन’ बाट सार्बजनिक भएको भिडियाेमा अशोक थापाको एरेन्ज, मनोज दङ्गाेलको मिक्सिङ र दिनेश पराजुलीको सिनेमाटाेग्राफी रहेको छ।

Leave a Reply