हरर चलचित्र ‘कठपुतली’को ओएसटी ‘यो ज्यान कठपुतली’ सार्वजनिक(भिडियो)

हरर जनराको चलचित्र ‘कठपुतली’ को ओएसटी गीत सार्वजनिक भएको छ । ‘यो ज्यान कठपुतली’ बोलको गीत लोक लयको छ । गायिका मेलिना राईक स्वर रहेको गीतमा दयाराम पाण्डेको शब्द र सुरेश अधिकारीको संगीत छ । गीतको भिडियोमा डरलाग्दा दृश्य समावेश गरिएको छ ।  गीतको भिडियो भिएफएक्स र एनिमेशन प्रयोग गरी बनाइएको हो ।

 

भिमसेन लामाको निर्देशन रहेको यस चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा लगायतको अभिनय छ । अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’ मा दुईवटा महत्त्वपूर्ण अवार्ड जितेको यो चलचित्रमा सम्पदा मल्लको कथा, पटकथा र संवाद रहेको छ ।

यही पुष १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पृथ्वी राना प्रोडक्सनको ब्यानरमा बनेको ‘कठपुतली’ अन्य हरर चलचित्रभन्दा भिन्न रहेको निर्देशक लामाले बताएका छन् । उनी यो चलचित्र आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताउँछन् । पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनको स्टूडियोमा भएको यो चलचित्र ‘हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल’ मा पनि छानिएको छ ।

गीत हेर्नुहोस् :-

https://www.youtube.com/watch?v=f9V7Tz9P6v0&t=4s

Leave a Reply