कर्मा अभिनित ‘षट्कोण’को शिर्ष गीत सार्वजनिक

मिलन डि काप्रि निर्देशित चलचित्र ‘षट्कोण’को शिर्ष गीत सार्वजनिक गरिएको छ । बुधवार यूट्युबमा सार्वजनिक भएको गीतमा विराज गौतमको स्वर, बिशेष पाण्डे र बिराज गौतमको शब्द तथा कम्पोज छ । गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता कर्मा शाक्य मात्र फिचर्ड छन् । मनोवैज्ञानिक थ्रिलर जनरामा निर्माण भएको चलचित्रमा कर्माले एक आपराधिक घटनाको रिपोर्टिङमा लागेका पत्रकारको भूमिका निर्वाह गरेका छन् ।

आगामी बैशाख २३ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रमा कर्माका अलवा भोलाराज सापकोटाका लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बाल कलाकार असिम लामाको अभिनय रहेको छ । शिशिर लिम्बु वानेमको कथा तथा पटकथा रहेको चलचित्रको संवाद महेश दवाडीले लेखेका हुन् ।

Leave a Reply