मुकुन र लक्ष्मीको ‘बिच्छेद’को छायांकन सकियो

अभिनेता मुकुन भुसाल र अभिनेत्री लक्ष्मी बर्देवाको मुख्य भूमिका रहेको चलचित्र ‘विच्छेद’ को छायांकन सकिएको छ । चलचित्रको करीब दुई बर्षपछि सम्पूर्ण छायांकन सकिएको हो । २०७६ वर्षको चैत ५ गतेबाट चलचित्रको छायांकन सुरु भएको थियो । तर, चैतमा कोरोना महामारीका कारण  लकडाउन भएपछि  छायांकन अधुरै रह्यो ।

सत्यराज चौलागाईंको निर्देशनमा बनेको चलचित्रमा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजोपाध्याय र जीवन थापाले पनि अभिनय गरेका छन् । राज पण्डित, सुबास राई र सबी बज्राचार्य निर्माता रहेको यस चलचित्रमा संकल्प भुजेलको छायांकन, एसडि योगी र सुरज थापाको संगीत रहेको छ । गाउँले परिवेशमा आधारित रहेको  चलचित्रको छायांकन रामेछापको एक गाउँमा गरिएको छ ।

 

 

Leave a Reply