अक्षय,सारा र धनुषको ‘अतरंगी रे’को ट्रेलर सार्वजनिक,डिसेम्बर २४ मा डिज्नी प्लसमा रिलिज हुने

अभिनेता अक्षय कुमार, अभिनेत्री सारा अली खान र अभिनेता धनुष अभिनित हिन्दी चलचित्र ‘अतरंगी रे’को ट्रेलर सार्वजनिक भएको छ ।

आनन्द एल रायद्वारा निर्देशित ‘अतरंगी रे’ म्युजिकल रोमान्टिक कथामा आधारित छ। यो चलचित्र ओटीटी प्लेटफर्म डिज्नी प्लस हॉटस्टारमा डिसेम्बर २४ मा रिलिज हुनेछ ।
बुधबार सार्वजनिक गरिएको ट्रेलरमा बिहारकी युवती र तमिल युवकको प्रेमकथा समावेश छ । चलचित्रमा एआर रहमानको संगीत रहेको छ ।

चलचित्र निर्माणपक्षले पोस्टर सार्वजनिक गर्दै आगामी डिसेम्बर २४ देखि ओटीटीमा स्ट्रिमिङ हुने जानकारी दिएको हो । गत फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डेका दिन यो चलचित्रलाई सिनेमा हलमा प्रदर्शन गर्ने भनिएपनि कोरोना महामारीका कारण प्रदर्शन हुन सकेको थिएन ।

ट्रेलर हेर्नुहोस्

Leave a Reply