शाहिद कपुरको ‘जर्सी’को ट्रेलर सार्वजनिक,३१ डिसेम्बरमा प्रदर्शन हुने

बलिउड अभिनेता शाहिद कपुरको चलचित्र ‘जर्सी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा एक क्रिकेट खेलाडीले गरेको संघर्षलाई देखाइएको छ । ‘जर्सी’ सुपरहिट तेलुगु चलचित्रको हिन्दी रिमेक हो ।

‘जर्सी’मा शाहिद एक क्रिकेटरको भूमिकामा देखिएका छन् । यस्तै मृणाल ठाकुर उनकी श्रीमतीको भूमिकामा छिन् भने पंकज कपूरको पनि यो चलचित्रमा मुख्य भूमिका छ । चलचित्रमा क्रिकेट छोडेका बाबुले आफ्ना ६ वर्षे छोरालाई जर्सी खरिद गर्नका लागि पुनः मैदानमा उत्रिएको कथालाई समेटेको छ।

गौतम तिन्नुरीको निर्देशनमा बनेको यो चलचित्र ३१ डिसेम्बरमा रिलिज हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रेलर हेर्नुहोस्

Leave a Reply