मदन कृष्ण श्रेष्ठ आज ७० औँ जन्मदिन मनाउँदै

मह’ जोडीका ‘म’ अर्थात् मदन कृष्णले आज आफ्नो ७० औँ जन्मदिन मनाउँदै छन् । नेपाली हास्य व्यङ्ग्यको क्षेत्रका वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठको जन्म वि.सं. २००७ साल वैशाख ७ गते काठमाडौंमा भएको हो। उनी रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीका एक्ला छोरा हुन्। मदनकृष्ण जन्मेको ६ महिनापछि उनकी आमा लक्ष्मी बितिन्।

लकडाउनका कारण घरमै रहेका मदन कृष्णले आज आफ्नो जन्मदिन परिवारसँग मनाउँदै छन् । उनलाई बिहानै ‘मह’को ‘ह’ हरि वंश आचार्यले बिहानै सामाजिक सञ्जाल मार्फत जन्मदिनको शुभकामना दिएका छन् । केही समय देखी पार्किन्सन्स को बिरामीका बावजुत पनि उनी निरन्तर अभिनय र कलाकरीतामा लागिरहेका छन् । सबै नेपालीको प्यारो वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई जन्मदिनको धेरै धेरै शुभकामना र साथमा सु-स्वास्थ्यको कामना !!

Leave a Reply