‘चपली हाइट ३’को ट्रेलर सार्वजनिक, पुस २ गते प्रदर्शन हुने(भिडियो)

चलचित्र ‘चपली हाइट ३’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

२ मिनेट ३६ सेकेण्डको ट्रेलरमा चलचित्रको शीर्ष भूमिकामा रहेका कलाकारहरुलाई देखाइएको छ । अर्जुन कुमारको निर्माण तथा निकेश खड्काको निर्देशन रहेको यो चलचित्र पुस २ गते रिलिज हुँदैछ ।
क्राइम थ्रिलर जनरामा बनेको यो चलचित्रमा सुपुष्पा भट्ट , स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारीलगायतका कलाकारहरुको अभिनय छ । आकाश बरालको पटकथा तथा संवाद रहेको चलचित्रमा सुभाष भुषाल र अर्जुन कुमारको संगीत छ । अष्ट महर्जनले चलचित्रको एक्सन दृश्यको कोरियोग्राफी गरेका हुन् ।

Leave a Reply