गायिका प्रविशाले प्रेमी निर्माणसँग गरिन् इन्गेजमेन्ट,मंसिर ५ गते विवाह

गायिका प्रविशा अधिकारीले आज इन्गेजमेन्ट गरेकी छिन् । उनले, आफ्ना प्रेमी निर्माण सिटौलासँग आज टिकाटालो गरेकी हुन् । प्रविशा र निर्माणको टिकाटालो उनीहरुको गृह जिल्ला झापामा भएको हो ।

निर्माण झापा चारापानेका हुन् । तर, उनी लामो समयदेखि अमेरिकामा रहँदै आएका छन् । निर्माणको बानी ब्यहोरा मनपरेपछी नै आफूले विवाह प्रस्ताव स्वीकार्य गरेको प्रविशाको भनाइ छ ।

डेढ दशकदेखि नेपाली चलचित्रको पार्श्व गीत गायनमा सक्रिय गायिका प्रविशा अधिकारीले पछिल्लो समय अन्य विधाका गीतमार्फत समेत लगातार लोकप्रियता कमाइरहेकी छन्। चलचित्र बिदाइमार्फत पार्श्व गायिकाका रूपमा गायनमा प्रवेश गरेकी प्रविशा लगातार पार्श्व गायनमा जमिरहेकी छिन्। यसबिच प्रविशाका थुप्रै फिल्मी गीत चर्चित भए। उनले गाएका तिमी जहाँ छौ म त्यहीँ छु,मायाले बाँध्यो यसरी, फूल होइन काँडा, तिमीबाहेक बिताएका पलहरू, पीपल छेउमा वरजस्ता गीत निकै लोकप्रिय छन्। प्रविशा हिमालय टिभीबाट प्रसारण हुने रियालिटी शो ‘भ्वाइस किड्स’को कोच समेत हुन् ।

Leave a Reply