‘हल्का रमाईलो’ अब हिमालय टेलिभिजनमा प्रशारण हुने

लोकप्रिय हाँस्य टेलिसिरियल ‘हल्का रमाईलो’ अब हिमालय टेलिभिजनमा प्रशारण हुने भएको छ । यसअघि नेपाल टेलिभिजनमा हरेक आईतबार प्रशारण हुँदै आएको टेलिसिरियल आउँदो आईतबारदेखि हिमालय टेलिभिजनमा प्रशारण हुन लागेको हो ।

अबदेखि हरेक आईतबार राती ८ बजेपछि टेलिसिरियल हिमालय टेलिभिजनमा प्रशारण हुनेछ । टेलिसिरियलमा मरिचमान श्रेष्ठ, राजु पौडेल, सारदा गिरी, कृष्ण शिवाकोटी, अनिता बस्नेत, कमला रेग्मी, ईष्टु कार्की, उज्वल खड्का, सविना आचार्य, सविना गिरी लगायतको अभिनय रहँदै आएको छ । उक्त सिरियल बल्छी-ध्रुबे अफिसियल युट्युब च्यानल मार्फत पनि आउने गर्दछ ।

मरिचमान श्रेष्ठ र राजु पौडेलको लेखन, निर्देशन एवं अभिनय रहँदै आएको टेलिसिरियल ‘हल्का रमाईलो’ निषेधाज्ञामा पनि नियमित प्रशारण भएको थियो । यस टेलिसिरियलको १०२ भाग प्रशारणमा आईसकेको छ । मरिचमान र राजुको लेखक, निर्देशन एवं अभिनय समेत रहँदै आएको अर्को टेलिसिरियल ‘जुठे’ पनि हिमालय टेलिभिजनमा प्रशारण हुँदै आएको छ ।

गत वर्ष तिहारको शुभकामना सहित हास्य टेलिसिरियल ‘मेरी बास्सै’बाट बाहिरिएको टिमले राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ (बल्छी ध्रुबे)लेखन तथा निर्देशनमा ‘हल्का रमाइलो’ दर्शकमाझ ल्याएका थिए । हल्का रमाइलोको पहिलो भाग प्रसारण भएसँगै यसको चौतफी चर्चा चुलिएको थियो । ‘हल्का रमाइलो’को पहिलो भागमा ग्रामिण परिवेशलाई समेटिएको थियो । रमाइलो सँगै गाउँ समाज टोलमा हुने वास्तविक घट्नालाई सन्देशमुलक तरिकाले प्रस्तुत गरिएको पहिलो भागलाई दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए ।

मिडिया हबको प्रस्तुति रहेको ‘हल्का रमाइलो’को हरेक भागलाई दर्शकको माया र साथ मिलिरहेको छ । टेलिसिरियलमा सामाजमा घटेका तिता मिठा घटनालाई जस्ताको तस्तै दर्शकमाझ प्रस्तुत गर्दै आएका छन् ।

सोम धिताल उत्पादन सल्लाहकार रहेको टेलिसिरियलमा राजु भट्टले सम्पादन तथा अशोक चौधरी सह-सम्पादन गरेका हुन् । टेलिसिरियलमा राहुल राईको छायांकन अनि निर्मला आचार्यले मेकअप गरेका छन् । टेलिसिरियलमा रहेको शीर्ष गीतको संगीत विपिन आचार्यले दिएका हुन् भने राजेशपायल राईले स्वर दिएका छन् ।

Leave a Reply