रेश्मा घिमिरेले प्रभात बाबुसँग मंसिर १४ गते विवाह गर्दै

नायिका तथा मोडल रेश्मा घिमिरेले लगनगाँठो कस्ने भएकी छन् । रेश्माले मंसिर १४ गते विवाह गर्न लागेकी हुन् । अमेरिकामा अध्ययनरत प्रभात बाबुसँग उनी वैवाहिक वन्धनमा बाँधिन लागेकी हुन् । प्रभात अमेरिकामा रहेर चिकित्सा विज्ञानको अध्ययन गरिरहेका छन् ।

गत वर्षको मंसिर १८ गते इन्गेजमेन्ट गरेका उनीहरूको विवाह विराटनगरबाट हुनेछ । रेश्मा र प्रभातबिच तीन वर्षअघि चिनजान भएको हो । यसपछि कुराकानी गर्दै जाँदा उनीहरू नजिक भएका थिए ।

Leave a Reply