सैफ अली खान र रानी मुखर्जी अभिनित ‘बन्टी और बबली २’को ट्रेलर सार्वजनिक (भिडियो)

बलिउड चलचित्र ‘बन्टी और बबली २’को ट्रेलर सार्वजनिक भएको छ । आज सार्वजनिक गरिएको चलचित्रको ३ मिनेट ११ सेकेण्डको ट्रेलरमा सक्कली र नक्कली बन्टी र बबलीबीचको लडाइँ देखाइएको छ ।

पुरानो बन्टी र बबलीको रुपमा रानी र सैफ छन् भने अर्कोतिर नयाँ बन्टी र बबली बनेर स‍िद्धान्त चतुर्वेदी र शरवरी वाघ देखिएका छन् । कमेडी जनराको चलचित्रमा पुलिसको भूमिका पंकज त्र‍िपाठीले निर्वाह गरेका छन् । सैफ अली खान र रानी मुखर्जी करीब १२ वर्षको अन्तरालपछि एकसाथ ठूलो पर्दामा देखिँदैछन् ।

आउँँदो १९ नोभेम्बरमा प्रदर्शनमा आउन लागेको यो चलचित्रमा रानी मुखर्जी गृहणी महिला विम्मी त्रिवेदीको भूमिकामा छिनन् भने सैफले राकेश त्रिवेदीको भूमिका निर्वाह गरेका छन् । उनीहरुको एक छोरा पनि छन् । यो चलचित्रलाई वरुण शर्माले निर्देशन गर्दैछन् । उनले चलचित्र ‘सुल्तान र टाइगर जिन्दा हे’मा सहायक निर्देशक भएर काम गरेका थिए । आदित्य चोपडा यो चलचित्रका निर्माता हुन् ।

कोरोना कहरबीच चलचित्रको पूरै छायांकन यशराज फिल्म्स स्टूडियोभित्र गरिएको हो । यशराज फिल्मस्को ‘बन्टी और बब्ली-२’को अन्य कलाकारमा यशपाल शर्मा, रोहीत केपीलगायत छन् । जमाना बदलिएसँगै चोरको चोर्ने तथा ठगको ठग्ने तरिका पनि स्मार्ट भएको कुराहरू ट्रेलरमा प्रस्तुत गरिएको छ ।

यो चलचित्र २००५ मा आएको अभिषेक बच्चन र रानी मुखर्जी अभिनीत सुपरहिट फिल्म ‘बन्टी और बबली’ को सिक्वेल हो । चलचित्र ‘बन्टी और बब्ली’ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो । चलचित्र निर्माण भएको करिब १४ बर्षपछि यसको सिरिज तयार भएको हो।

ट्रेलर हेर्नुहोस् :-

Leave a Reply