नेपालमा अमेरिकी रियालिटी शो ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’ हुँदै

अमेरिकाको दुई रियालिटी शो ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप युएसए’ नेपाल भित्रिएका छन् । चौथो संस्करणमा रहेको ‘डान्स कप’ र दोस्रो संस्करणमा रहेको ‘भ्वाइस कप’को अहिले अमेरिका र क्यानडा लगायतका देशमा अडिसन भइरहेको छ भने टप १२ मा छनोट भएका प्रतिस्पर्धीले नेपाल आएर आफ्नो प्रस्तुती दिनेछन् ।

समग्र मानव कल्याण, मानव जातिको उत्थान र विश्व भरमा रहेका असाहय अनाथ व्यक्तिहरूको सहारा बन्न र तटस्थ मानविय सहायता उपलब्ध गराउने उद्देश्यले अमेरिकामा रहेका नेपाली भाषी भुटानी समेतको अगुवाई संस्थापना भएको संस्था हो इन्ट्रा-नेशनल । संस्थाले विभिन्न सामाजिक कार्यका साथै अमेरिकामा ‘मेरो डान्स कप युएसए’ र ‘मेरो भ्याइस कप युएसए’ सञ्चालन गरिरहेको छ । नृत्यको चौथो सिजन र भ्वाइसको दोस्रो सिजन सुरु भई प्रशारण भइरहेको छ ।

अडिसन अमेरिकामा र क्यानडामा सकिएर नकआउट भइरहको तथा नेपाल बाहिर रहेका नेपाली भाषीहरूले अनलाईनमार्फत अडिसन दिनसक्ने उहाँले जानकारी गराउनुभयो । भोटिङको चरणमा प्रवेश गरेपछि प्रतियोगितलाई नेपाल ल्याइने यसको फिनाले भने अमेरिकामा हुने जानकारी गराइएको छ । ‘मेरो डान्स कप युएसए’को निणर्यक मण्डलमा विशिष्ट कलाकार मिथिला शर्मा, दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, शंकर विसी र नर्मन राई हुनुहुन्छ भने ‘मेरो भ्याइस कप युएसए’मा दिपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, मुस्कान मगर, सुजता बर्मा र अजुर्न रसाइली रहनुभएको छ ।

इन्ट्रा-नेशनल वेयलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाको आयोजनामा हुँदै आएको यि प्रतियोगिताको विजेता पहिलोले र्‍यापफोट कार, दोस्रोले गोल्डेनकप र तेस्रोले सिल्भरकप प्राप्त गर्नेछन् भने नगदराशि र गिफ्ट ह्याम्परसमेत प्रदान गरिने जनाइएको छ । पत्रकार भेटघाटमा संदीप क्षेत्री, शिव परियार, दिलिप रायमाझी, सुरेश अधिकारी, दपक जंगमलगायतले आ-आफ्ना भनाइ राख्नुभएको थियो । यस प्रतियोगिताको निर्देशकमा एलिन श्रेष्ठ हुनुहुन्छ । कार्यक्रम सञ्चालकमा नृत्यमा संदीप क्षेत्री र रिमा विश्वकर्मा हुनुहुन्छ भने भ्वाइसमा सुदिप सिग्देल र सुनिता गुरुङ हुनुहुन्छ । नेपाली भाषा, साहित्य, कला संस्कृतिको संरक्षण, सम्बद्र्धन तथा प्रवद्र्धनका साथै गीत संगीत तथा नृत्यका प्रतिभाहरूलाई सम्मान गर्ने, प्रर्वद्धन गर्ने नै यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको बताइएको छ ।

Leave a Reply