सामन्था र नागा चैतन्यको डिभोर्स !

दक्षिण भारतका चर्चित अभिनेता नागा चैतन्य र अभिनेत्री सामन्थाको डिभोर्स भएको छ । २०१७ को अक्टोबरमा वैवाहिक सम्बन्धमा बाधिएका नागा र सामन्थाले विहे गरेको चार वर्ष नपुग्दै डिभोर्स गर्न निर्णय गरेका हुन्।

केही दिनदेखि भारतीय मिडियामा नागा चैतन्य र सामन्था अक्किनैनीकोे डिभोर्स हुन लागेको खबर सार्वजनिक भैरहेको थियो ।

यो बिषयमा यी दुई कलाकारले औपचारिक रुपमा केही पनि बताएका थिएनन् । तर, आज सामन्थाले सामाजिक संजालमार्फत विज्ञप्ती नै जारी गर्दै लेखेकी छिन्–‘धेरै लामो समयको सोचविचार पछि म र नागा चैतन्यले फरक फरक बाटोमा अगाडि बढ्ने र पती–पत्नीको रुपमा अलग हुने फैसला गरेका छौं ।

हामी सौभाग्यशाली हौं किनकी एक दशक भन्दा लामो समयदेखिको हाम्रो मित्रता नै हाम्रो सम्बन्धको मुख्य हिस्सा थियो र हामी विश्वास गर्छौ कि आगामी दिनमा पनि हामीविच विशेष बन्धन रहनेछ ।’

सामन्थाले यो कठिन परिस्थितीमा आफूहरुको साथमा रहन आग्रह गर्दै मिडिया र फ्यानलाई व्यक्तिगत जीवन दिन पनि आग्रह गरेकी छिन् ।

Leave a Reply