पुष्प र वर्षाको ‘मनसँग मन’ माघ २० मा प्रदर्शन हुने

अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी स्टारार चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण टिमले एक पोस्टर सार्वजनिक गर्दै आगामी माघ २० गतेलाई प्रदर्शन मिति घोषणा गरेको छ । यो मितिमा ‘हिँड्दा हिँड्दै’ र ‘ह्यारी कि प्यारी’ पनि प्रदर्शनमा आउने तयारीमा छन् । चलचित्रको कोरोना महामारीका कारण पटक-पटक प्रदर्शन स्थगन भएको थियो ।

कैलाश राई निर्देशित यस चलचित्रमा वर्षासँगै पुष्प खड्का, बुद्धि तामाङ, रविन्द्र झा, चाँदनी प्रधान, महेन्द्र बागदास, शन्ते दाल लगायतको पनि अभिनय छ । पुष्प र वर्षा पहिलो पटक ठूलो पर्दामा स्क्रिन शेयर गरेका हुन् । चलचित्रको एक गीत ‘मेरो त भाग्य’ मा अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माले नृत्य गरेका छन् ।

सौरभ इन्टरनेन्मेन्ट र बलाली प्रोडक्शनको ब्यानरमा अरुण तामाङले निर्माण गरेको चलचित्रको कथा र पटकथा निर्देशक राईले तयार पारेका हुन् । चलचित्रको वितरण रीच इन्टरटेन्मेन्ट,जी।जी।ए ग्रूप र एफ डि कम्पनीले गर्दैछ। चलचित्रमा अर्जुन जिसीको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र सन्तोष खवासको द्वन्द्व निर्देशन छ । ‘चालबाज’ नाममा छायांकन भएको चलचित्रको पछि नाम परिवर्तन गरेर ‘मनसँग मन’ राखिएको हो । सस्पेन्स लभस्टोरी कथामा निर्माण भएको चलचित्रको अधिकांश छायांकन दार्जिलिङ आसपासमा भएको हो ।

Leave a Reply