चलचित्र ‘परस्त्री’को घोषणा, सुरज पाण्डेले निर्देशन गर्दै

चलचित्र ‘परस्त्री’ निर्माणको आधिकारिक घोषणा गरिएको छ । शुक्रवार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सुरज पाण्डेको डेब्यु निर्देशन रहेको चलचित्रको नाम र लिड नायकको घोषणा गरिएको हो । यो चलचित्रमा अभिनेता कोशिश क्षेत्रीको मुख्य भूमिका रहनेछ । अन्य कलाकार भने अडिसनबाट छनोट गरिने निर्माणपक्षले बताएको छ । एक जना पुरुष कलाकार २२ देखि २७ वर्ष उमेरको र दुई जना महिला कलाकार २२ देखि ३० र २० देखि २५ वर्षको कलाकार चलचित्रले खोजेको हो ।

`परस्त्री´ लाई सुरज पाण्डेकी आमा शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । चलचित्र नेपाली र हिन्दी भाषामा प्रदर्शन हुने छ । सुरजले चलचित्र ‘लभ लभ लभ’बाट कलाकारको रुपमा नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए ।

Leave a Reply