समीक्षासँगको सम्बन्धबारे पलको यस्तो स्पष्टिकरण

नेपाली चलत्रिच तथा म्युजिक भिडियो बजारमा केही दिनयता अभिनेता पल शाह र गायिका तथा मोडल समीक्षा अधिकारीबीचको सम्बन्धको चर्चा चलेको छ । पल र समीक्षाको सम्बन्धदेखि बिहेका सम्झौतासम्मका चर्चाहरुले सञ्चारमाध्यम भरिन थालेका छन् ।

समीक्षा र पललाई लिएर पछिल्लो समय थुप्रै समचारहरु सम्प्रेषण भइरहेको छ । केही महिना देखि नै यी दुईको सम्बन्धलाई लिएर बजारमा चर्चा चल्न थालेको थियो ।

हालै एक राष्ट्रिय टेलिभिजन र अनलाइनले उनीहरुको सम्बन्धको बारेमा कुरा गरेपछि पल र समीक्ष यतिबेला मिडियाका लागि गसिपको पात्र बनेका छन् । पलसँगको सम्बन्धको बारेमा राष्ट्रिय मिडियाहरुमा विभिन्न खाले समाचार आउन थालेपछि गायिका समीक्षा अधिकारीले आइतवार (हिजो ) विहान सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै आफूहरुबीच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको स्पष्टिकरण दिएकी थिइन् । उनले पल शाहसँग जोडेर हुँदै नभएको कपोलकल्पित समाचारहरु मिडियामा आएकोमा आपत्ति पनि जनाएकी थिइन् ।

यस्तै पल शाहले पनि समीक्षासँगको सम्बन्धको बारेमा आइतवार (हिजो) बेलुका नै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै स्पष्टिकरण दिएका छन् । उनले लेखेका छन्, ‘जुनसुकै क्षेत्रमा काम गर्दा पनि केही व्यक्ति समूह कही न कही कुनै न कुनै प्रकारले नजिक हुनुपर्छ यो हामी सबैलाई थाहा भएकै कुरा हो । मेरो पेशा र विधाका कारण मैले धेरै मान्छेहरुसँग सहकार्य गर्नुपर्ने हुन्छ र मसँग जोडिनु हुने मेरा अग्रज, अनुज र सहकर्मीहरूमाझ मैले सदैव आफूलाई सहज र सहयोगी तवरले प्रस्तुत गरिरहेको हुन्छ । अरु कलाकारहसँग जस्तै र अरुले जस्तै सांगीतिक सहकार्य गायिका समीक्षा अधिकारीसँग पनि भएको कुरा यहाँहरुलाई बिदितै छ । हुँदै नभएका, गर्दै नगरिएका, विनाआधारका कुराहरुलाई गसिप बनाएर एउटा कलाकार र उसको व्यक्तिगत जीवनमाथि आँच आउने किसिमले लेखिएका झुटा समाचारहरुले मलाई अत्यन्तै दुःखी बनाएको छ ।’

पलले, कसैको व्यक्तिगत प्रतिष्ठा र चरित्र हत्या हुने गरी बदनाम गर्ने गरी समाचार नबनाइदिन मिडियासँग आग्रह पनि गरेका छन् । पलले, आफूले जानेर वा नजानेर कसैको चित्त दुखाएको भए माफी चाहन्छु समेत भनेका छन् ।

Leave a Reply