आकाश र उमाको सहकार्यमा ‘कृत-काब्या’ निर्माण हुने

निर्देशक आकाश अधिकारी र निर्मात्री तथा अभिनेत्री उमा गिरीले पहिलो पटक चलचित्र निर्माण गर्ने भएका छन् । सामाजिक संजालबाट उनीहरुले संयुक्त रुपमा निर्माण गर्न लागेको चलचित्र ‘कृत-काब्या’ को घोषणाा गरिएको छ ।

यो चलचित्रको छायांकन दशैंपछि सुरु हुने बताइएको छ । दुई यूवा–यूवतीको प्रेम कथामा निर्माण हुने यो चलचित्रलाई आकाशले नै निर्देशन गर्दैछन् र कथा पनि उनले नै लेखेका हुन् ।

चलचित्रका लागि कलाकार भने फाइनल नभैसकेको निर्माणपक्षले बताएको छ । तर, कलाकार उमा बेबीले छोरी शिवानीलाई यो चलचित्रमा काम गराउने संंभावना प्रवल रहेको वुझिएको छ । शिवानीले चलचित्र ‘कही कतै’बाट डेब्यू गरेकी थिइन् । यो चलचित्र असफल भएपछि शिवानीले दोश्रो चलचित्रमा काम गरेकी छैनन् ।

नेपाली र हिन्दी भाषामा निर्माण हुने ‘कृत काब्य’लाई नेपाल र भारतको सिक्किममा गर्ने तयारीमा निर्माण टिम रहेको छ ।

आकाश र उमाको यसअघि ‘त्यो तिम्रो चोखो प्रेमको नजरमा’ गीतको म्यूजिक भिडियोमा सहकार्य भएको थियो । भिडियोलाई आकाशले निर्देशन गरेका थिए भने उनी स्वयंको अभिनय थियो । उनको जोडीको रुपमा उमा गिरी देखिएकी थिइन् ।

आकाशले कलाकार सौगात मल्ललाई लिएर नयाँ चलचित्र बनाउने तयारी गरेका थिए । तर, यो चलचित्रलाई पोष्टपोन्ड गर्दै आकाशले उमासँग सहकार्य गर्न लागेका हुन् । उमाले यसअघि ‘कहिँ कतै, इशारा’ लगायतका चलचित्र बनाइसकेकी छिन् ।

Leave a Reply