म्यूजिक भिडियोमा फर्किइन् साम्राज्ञी,चलचित्रमा कहिले?

नेपाली चलचित्र क्षेत्रकी डिमान्डेड अभिनेत्रीमध्ये एक हुन्, साम्राज्ञी आरएल शाह । पछिल्लो समय साम्राज्ञी शान्तसँग बसिरहेकी थिइन् । गतबर्ष चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकेपछि साम्राज्ञीले नयाँ चलचित्रको काम गरेकी छैनन् ।

उनै, साम्राज्ञी सुटिङ सेटमा फर्किएकी छिन् । तर, यसपटक उनी चलचित्रको नभएर म्युजिक भिडियोको सेटमा फर्किएकी हुन् । ट्री इन्टरटेन्मेन्टले निर्माण गरिरहेको एक गीतको भिडियोमा दर्शकले साम्राज्ञीलाई देख्न पाउनेछन् ।

गायक विश्व नेपाली र गायिका अस्मिता परियारको युगल स्वरमा रहेको गीतको शब्द डिपी खनालले कोरेका छन् भने शंकर थापा स्माइलको संगीत र उदय राज पौडेलको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा कोरियोग्राफी माईकल चन्दको रहनेछ ।

‘बागमती र एउटा यस्तो प्रेम कहानी’ चलचित्रका निर्माताद्वय दिनेश दर्शनधारी र यशोदा राईका छोराहरु देलविस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग साम्राज्ञीले म्यूजिक भिडियोमा स्क्रिन शेयर गर्न लागेकी हुन् । ट्री इन्टरटेन्मेन्टले निर्माण गर्ने ‘माया पिरेम’ बोलको गीतको म्युजिक भिडियोलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन् । दशैंको छेकोमा गीतको भिडियो सार्वजनिक हुनेछ ।

​यो गीतको भिडियोको छायांकन काठमाडौंका विभिन्न स्थानमा गरिएको हो । यो गीतको भिडियोमा अभिनय गर्न साम्राज्ञीले अहिलेका चल्तीका मोडलभन्दा २ गुणा बढी पारिश्रमिक बुझेको जानकारी प्राप्त छ ।

तर, उनी म्यूजिक भिडियो छनोटमा एकदमै चुजी मानिन्छिन् । उनलाई चलचित्रभन्दा धेरै म्यूजिक भिडियोबाट अफर हुने गरेको भए पनि उनले आजसम्म दुइटा मात्र भिडियोमा अभिनय गरेकी छन् । अब उनी तेस्रो पटक म्यूजिक भिडियोमा काम गर्दै छिन् ।

वैशाखबाट दोश्रो चरणको कोरोनाका कारण निषेधाज्ञा भएपछि नेपाली चलचित्रको काम ठप्प भयो । तर, म्युजिक भिडियोको छायांकन भने रोकिएको थिएन । भिडियोको छायांकनमा कलाकारहरु व्यस्त हुँदा साम्राज्ञी भने यसबाट टाढै रहिन् ।

दोश्रो चरणको निषेधाज्ञा भएपछि चलचित्रको काम ठप्प हुँदा झनै फुर्सदिली बनेकी म्युजिक भिडियोमा त फर्किएकी छिन् अब चलचित्रको शुटिंग सेटमा भने कहिले फर्किने हुन्, त्यो भने पर्खाईको विषय रहेको छ ।

साम्राज्ञीको लाइनअपमा केही चलचित्र भने छन् । दशैंपछि उनी कपिल रिजालको निर्देशनमा बन्न लागेको एक अनटाइटल चलचित्रको छायांकनमा व्यस्त हुँँदैछिन् । यसमा उनको जोडी हाँस्य कलाकार जितु नेपाल रहनेछन् । योसँगै उनको पाइपलाइनमा निर्देशकहरु मिलन चाम्स, प्रवेश पौडेल र हेमराज विसीको चलचित्र पनि छ ।

साम्राज्ञी भिडियोमा काम गर्न पाउँदा उत्साहित देखिएकी छिन् । भने उनका सार्वजनिक केहि तस्बिमा निकै बोल्ड देखिएकी छन् ।

Leave a Reply