आँचल गर्दैछिन डिआइडीका सुजन मार्फा र भिमफेदि गाईज संग रोमान्स

नायिका आँचल शर्मा अभिनित रेलिमाइ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। भारतको चर्चित रियालिटी शो डिआइडीबाट चर्चा कमाएका सुजन मार्फा तामाङ्क (एलिड २० क्रिउ) र भिमफेदी गाईजलाई पहिलोपटक एउटै म्युजिक भिडियोमा देख्न सकिन्छ।
भिडियोमा दुई ग्रुपसंग नायिका आँचल शर्माले अनस्क्रिन रोमान्स गरेकी छिन्। दिपक आचार्यको शब्द तथा मिष्टर आर.जे. को संगीत रहेको गीतमा महेश भडारी र मिष्टर आर.जे.को स्वर रहेको छ।
रेलिमाई बोलको उक्त गीतलाई एसदिप मुभिजले बजारमा ल्याएको हो। गीतको भिडियोमा नेपालका चर्चित दुई डान्स ग्रुपका साथ आँचलले पहिलोपटक अभिनय गरेकी हुन्। नेपालको ईतिहासमै दुई डान्स ग्रुप एकसाथ देखिएको यो पहिलो पटक हो।

रबिन्द्र बरालको छांयाकन रहेको उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्। मधु आचार्यको व्यवस्थापन रहेको उक्त भिडियोलाई कलाकार तथा स्क्रिप्ट राइटर दिपक आचार्यले निर्देशन गरेका हुन्। दिपकले यसअघि पनि दर्जनौं चर्चित गीतको भिडियो निर्देशन गरिसकेका छन्।

Leave a Reply