भुवन र दीपाश्रीको ‘सम्झिने पानी छम्किने’(भिडियो)

पाँच महिना अगाडी सार्वजनिक भएको ‘सम्झिने पानी छम्किने’ गीतले दर्शकको मन जितेपछि यसको तीज भर्सन पनि सार्वजनिक भएको छ । सम्राट् चौलागाइँ, रचना रिमाल, स्मिता दाहाल र ममता गुरुङको स्वर रहेको गीतलाई सम्राट् चौलागाइँले कम्पोज गरेका हुन् । विक्रम स्वारको निर्देशन रहेको भिडियोलाई ‘सम्राट् चौलागाइ’ युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ। नवराज उप्रेतीले भिडियोको दृश्य कैद र वीर बहादुर थारुको सम्पादन म्युजिक भिडियोमा समावेश छ ।

गीतमा भूवन केसी र नायिका दीपाश्री निरौलाको रोमान्स देख्न सकिन्छ साथै उनीहरु संगै गीतको भिडियोमा नायक आकाश श्रेष्ठ, नायिका स्वस्तिमा खड्का, मोडल गीता ढुंगाना, गायक चौलागाँई, बाल–कलाकारहरु जोभिन श्रेष्ठ, जेभिस श्रेष्ठ र आस्युमी ढकालको अभिनय छ ।

Leave a Reply