नायिका गरिमा पन्त आमा बनिन् : बेल्जियममा जन्माइन् छोरी

नायिका गरिमा पन्त आमा बनेकी छिन् । बेल्जियममा रहेकी गरिमाले छोरीलाई जन्म दिएकी हुन् । सामाजिक सञ्जाल इन्स्टामा छोरी र श्रीमान् सँगको तस्बिर राख्दै ‘तिम्रो आगमनले हामी धन्य अनि भरिपूर्ण भएका छौँ । गरिमाले छोरीको नाम ‘प्रिषा’ राखिएको समेत सामाजिक संजालमा उल्लेख गरेकी छिन् । छोरी प्रिषा, तिमीलाई यो सुन्दर धर्तीमा स्वागत छ’भनेर खुसी व्यक्त गरेकी छिन् । २०७३ सालमा बेल्जियम बस्ने हरि थपलियासँग विवाह गरेकी गरिमा विवाह लगत्तै श्रीमानसँँग मिलेर बेल्जियममा नै ‘गरी सुसी’ नामक रेष्टुरेन्ट चलाइरहेकी छन् ।

नोट : समाचारमा बेल्जियम हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएको छ । – सम्पादक

Leave a Reply