हाँस्य कलाकार किरण केसीलाई ‘बासुदेव लुइँटेल पुरस्कार’ सम्मान

कलाकार किरण केसी (राता मकै) लाई ‘वासुदेव लुइँटेल पुरस्कार ०७७’ बाट सम्मान गरिने भएको छ । केसीलाई कदर पत्रसहित १ लाख ११ हजार १११ रुपैयाँ पुरस्कार दिने वासुदेव–विद्यादेव लुइँटेल गुठीले हाँस्य व्यङ्ग्य निर्णय गरेको हो। पुरस्कार गुठीले वासुदेव लुइँटेलको जन्मदिनको आसपासमा एक कार्यक्रमको आयोजना गरी अर्पण गर्ने गरेको छ । गुठीले हाँस्यब्यङ्ग्य, साहित्य, कला एवं अभिनयको क्षेत्रमा कार्यरत सिर्जनशील प्रतिभाहरुमध्येबाट एक जनालाई उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

Leave a Reply