हाँस्य कलाकार पल्पसा डंगोलले पाइन् मिर्गौला

हास्य टेलिश्रृखंला ‘मेरी बास्सै’ की चम्सुरी अर्थात कलाकार पल्पसा डंगोलले मिर्गौला पाउने भएकी छिन् । दुवै मृगौलामा समस्या भएर महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचाररत पल्पसाको नेपालमा मृगौला प्रत्यारोपण गर्नका लागि हाडनाता चाहिने कानुन भएकाले मृगौला प्रत्यारोपनका लागि समस्या उत्पन्न भएको थियो । विगत १५ वर्षदेखि मिर्गौलाको समस्याबाट डंगोल पीडित थिइन्। डंगोल परिवारले भारतमा उपचार गर्ने योजना पनि बनाएका थिए । तर, डंगोलको नेपालमै उपचार गर्ने मनसाय रहेको थाहा पाएपछि परिवारभित्रै मृगौला खोजी सुरु गरिएको थियो । पल्पसाका भाइ राजुले भने, ‘अहिले हामीले दिदीका लागि मृगौला पाइसकेका छौँ । चार/पाँच जनाले दिने भनेर आउनु भएको छ ।’ तर, अहिले दाताहरुको स्वास्थ्य, ब्लड ग्रुप लगायत परिक्षण भइरहेको छ । दुई दिनपछि आउने रिपोर्टले कसको मृगौला प्रत्यारोपन गर्ने भनेर फाइनल हुने उनले बताए ।

Leave a Reply