आँचल लेख्छिन्,‘म आमा बन्ने भएपछि पहिलो खबर नै आफूले सुनाउने छु’

नायिका आँचल शर्मा गर्भवती रहेको खबर केही समयदेखि सामाजिक संजालमा भाइरल भैरहेको छ । यही बिषयमा स्पष्टिकरण लेख्दै आँचलले गलत समाचारले बढी आकर्षित गर्ने उल्लेख गरेकी छिन् । उनले शनिवार साँझ इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्, ‘हालै, मेरो प्रेग्नेन्सी (गर्भवती) को बारेमा कयौं खबर आए जुन खबर सुनेर म चकित छु । पक्कै पनि, नक्कली समाचारले ध्यान आकर्षित गर्छ र यसले उपेक्षा र अविश्वसनीयता सृजना गर्छ । तर, म आफ्ना शुभचिन्तकहरुलाई के स्पष्ट पार्न चाहन्छु कि केही राम्रा कारणले गर्दा यो खबर सुन्नका लागि अझै केही वर्ष प्रतिक्षा गर्नुपर्नेछ ।’आँचलले आफू आमा बन्ने भएपछि पहिलो खबर नै आफूले सुनाउने पनि बताएकी छन् । नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठ डेढ बर्ष अगाडि वैवाहिक बन्धनमा बाधिएका थिए ।

Leave a Reply