स्वस्तिमा र अर्पणको ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक

बहुप्रतीक्षित चलचित्र ‘चिसो मान्छे’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको ३ मिनेट १६ सेकेन्ड लामो ट्रेलरमा अभिनेता अर्पण थापा र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड छन् । ट्रेलरमा स्वस्तिमाको कर्णाली भेगको भिन्न लुक्स निकै आकर्षक देखिएको छ र लवज पनि खुलेको छ । ट्रेलरमा देशभक्त खनाल पनि फिचर्ड छन् । ट्रेलरमा काठमाडौंदेखि बजुरासम्मको यात्रा गरेका तीन पात्रको कथा भनिएको छ ।

चलचित्रमा स्वस्तिमा, अर्पण र देशभक्तका अलावा आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संजोग रसाइली, पुष्पा अवस्ती, सृष्टि आचार्य, विकास खनाललगायतको पनि अभिनय रहेको छ । चलचित्रले मानिसहरुमा देखिएको नैराश्यताको कथा भन्नेछ । चलचित्रको छायांकन सुदूरपश्चिमका विभिन्न भेगमा भएको हो ।

‘आमा’ निर्मात्री शर्मिला पाण्डेको एकल लगानीमा निर्माण भएको चलचित्रमा ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको निर्देशन रहेको छ । चलचित्रको कथा, पटकथा, संवाद र छायांकन दीपेन्द्र के. खनाल आफैंको हो । चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

Leave a Reply