आलिया र रणवीर अक्टोबरमा विवाह गर्दै?

बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणबीर कपूर एकअर्काको प्रेममा छन् । दुबैले डेटिङ सुरु गरेदेखि नै उनीहरुका फ्यानहरु उनीहरुको विवाहको प्रतिक्षामा छन् । आलिया र रणवीरको विवाह बी-टाउनमा सबैभन्दा प्रतिक्षित सेलिब्रेटी विवाह मध्ये एक हुनेछ। लामो समयदेखि उनीहरुको बिहेको हल्ला चलिरहेको थियो तर उनीहरुको बिहेको मिति भने तय नभएको देखिन्छ । यसअघि आलिया र रणबीर यसै वर्षको अप्रिलमा विवाह बन्धनमा बाँधिने खबर आएको थियो तर त्यसपछि मिति परिवर्तन गरी २०२२ को डिसेम्बरमा राखिएको थियो । यतिबेला भने भारतीय सञ्चारमाध्यमका अनुसार यो जोडी यसै वर्षको अक्टोबरमा विवाह बन्धनमा बाँधिनेछन् ।

भारतीय सञ्चारमाध्यममा आलिया र रणवीरको विवाह ढिलो हुनुको कारण उनीहरुको आगामी चलचित्र ‘ब्रम्हास्त्र’रहेको बताइएको छ । निर्माता र कलाकारहरू विवाहअघि नै चलचित्र रिलिज होस् भन्ने चाहन्छन् । यो चलचित्र सेप्टेम्बर २०२२ मा प्रदर्शन हुने तय गरिएको छ। आलिया र रणवीर पहिलो पटक अयान मुखर्जीको ‘ब्रम्हास्त्र’मा स्क्रिन सेयर गर्दैछन्। चलचित्रमा रणवीर र आलियासंगै अमिताभ बच्चन, नागार्जुन अक्किनेनी, डिम्पल कपाडिया र मौनी रोयको मुख्य भूमिका रहेको छ ।

Leave a Reply