सलोन बस्नेतको निर्माणमा सिरिज ‘हेल्लो ब्रो’

नायक सलोन बस्नेत अब निर्माता पनि भएका छन् । सलोन सलिन फिल्मस्को ब्यानरमा बी एम एच डी टेलिभिजनको प्रस्तुति रहने गरी नेपाली सिरिज ‘हेल्लो ब्रो’ निर्माण भएको हो । यो सिरिजको कार्यकाती निर्मातामा नायक सलोन बस्नेत रहेका हुन् । सुरेश न्यौपानेको लेखन तथा निर्देशनमा तयार भएको सिरिजमा प्रभात पल ठकुरी, सुमिन गुरुङ, एलिस्टा सुवेदी, मनिषा ओझा, श्रृष्टी तिमिल्सिना, सन्तोष गिरी, ओजस्वी थापा लगायतका कलाकारको अभिनय छ । सिरिज ‘हेल्लो ब्रो’ को पहिलो एपिसोड रिलिज भएको छ । बुढा सुब्बा डिजिटलको आधिकारिक युट्युब च्यानल सिरिज रिलिज गरिएको हो । ‘हेल्लो ब्रो’ अब हरेक हप्ताको बिहीबार ७:३० बजे प्रसारण हुने छ ।

Leave a Reply