प्रियंका कार्कीको ‘बेबी सावर'(तस्बिरहरु)

नायक आयुष्मान देशराज जोशीसँग डेढ वर्ष अगाडी बैबाहिक जीवनमा बाँधिएकी प्रियंकाले गतबर्ष आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन् । यसपछि, उनको सामाजिक संजालमा निकै चर्चा भैरहेको छ । गर्भवती बनेपछि विभिन्न तस्बिरहरुका कारण पनि पछिल्लो समय उनको प्रशंशा र आलोचना दुवै हुने गर्छ । हालै पनि उनले आफ्नो बेबी सावरको केही तस्बिरहरु सार्वजनिक गरेकी छिन् । शनिवार श्रीमान् आयुष्मान र पुरा परिवार मिलेर प्रियंकाको लागि भव्य बेबी सावर आयोजना गरेका थिए । नायिका कार्कीले सामाजिक संजालमा ‘बेबी सावर’को तस्वीर पोष्ट गर्दै खुशी व्यक्त गरेकी छिन् । यो प्रियंकाको दोस्रो बेबी सावर हो । यो भन्दा पहिले उनका निकट केही साथीहरुले उनको बेबी सावरको कार्यक्रम आयोजना गरेका थिए । सामुहिक तस्बिर शेयर गर्दै आफ्ना साथीहरुले सबै भन्दा उत्कृष्ट ‘बेबी सावर’को कार्यक्रम आयोजना गरेको पनि लेखेकी थिइन् ।








Leave a Reply