बलिउड अभिनेत्री मलाइका अरोरा फेसन शोमा सहभागी हुन काठमाडौंमा

बलिउड अभिनेत्री मलाइका अरोरा बिहीबार काठमाडौं आइपुगेकी छन् । नेपाल रत्न तथा आभूषण संघले आयोजना गर्न लागेको फेसन रनवेमा भाग लिन मलाइका नेपाल आएकी हुन् । राजधानीको दरबारमार्गस्थित होटल याक एण्ड यतिमा चौथो जेम एण्ड ज्वेलरी एक्सपोले बिहिबार ज्वेलरी फेसन शो आयोजना गरेको हो। यसमा मलाईका अरोडा शो स्टपरको रुपमा र्‌याम्प वक गर्दैछिन् ।

मुम्बईबाट बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी मलाइका लगत्तै होटल याक एण्ड यति पुगेकी थिइन् ।

Leave a Reply