अनाथालयका लागि अभिनेता बिक्रम जोशीको साइकल यात्रा

अभिनेता,निर्माता बिक्रम डि जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गर्ने भएका छन् । ‘ह्याप्पी डेज’,‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’ फिल्मका नायक जोशीले धुलीखेलमा हेल्प नेपाल नेटवर्कले संचालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना नेपाली साथीहरुका साथ आगामी शुक्रबार अर्थात् २० ममा ‘लण्डन टु पेरिस च्यारिटी राइड’ गर्न लागेका हुन् ।

साइकल यात्रा टिममा जोशीसहित शुलभ पन्त,सुशील प्रसाईं,मनोज श्रेष्ठ,प्रसिद्ध प्रधान,सुनील कार्की र लक्ष्मण गुरुङ छन् । उनीहरुले शुक्रबार लण्डनको लण्डन ब्रिजबाट यात्रा सुरु गरेर लगातार तीन दिन साइकिलिङ्ग गर्दै २२ मेमा पेरिसको इफेल टावर पुग्ने लक्ष्य लिएका छन् । ‘हामीहरुको म्यानुअल साइकल (पाइडल घुमाउदै) मार्फत लण्डनबाट पेरिस पुग्ने प्लान छं,’ अभिनेता जोशी भन्छन्, ‘साइकलमा यति लामो दुरी तय गर्ने प्रयास सायद पहिलोचोटी हुदैछ ।’ उनले यो यात्राका लागि तीन साताअघिदेखि मात्रै तयारी गरेका हुन् । उनका साथीहरुले भने यो यात्राबारे चार बर्षअघिदेखि योजना बनाएका रहेछन् । ‘उहाँहरुले पहिलादेखिनै प्लान बनाएको भए तापनि अहिले आएर बल्ल साकार हुन लागेको छ,’ अभिनेता जोशीले भने,‘यात्राका लागि म करिब तीन साता यता दैनिक चार पाँच घण्टा साइकल कुदाइ रहेको छु ।’ लामो समयदेखि नियमीत एक्सरसाइज गर्दै आइ रहेकाले छोटो समयको तयारीेले पनि आफूलाई पूणर् सफलता दिने बिश्वास उनको छ ।

साइकल यात्राका क्रममा लाग्ने सम्पूणर् खर्च साइकल यात्रीहरु स्वयम्ले नै ब्यहोर्ने टिमको निणर्य छ । लण्डनदेखि पेरिस यात्रामा बीचमा पर्ने समुन्द्रमा भने उनीहरु पानी जहाजमा यात्रा गर्नेछन् ।
उलवीच अर्सेनल राइडर्स क्लव (डब्लुएआरसी) र नेपाल युथ एसोसिएसन युकेको आयोजनामा हुने साइकल यात्राबाट आफूहरुले कम्तीमा ५ हजार पाउन्ड (करिब पौने ८ लाख रु) संकलन गर्ने लक्ष्य लिएको उनले बताए । उनले यो अभियान सुरु भएदेखि बिभिन्न देशबाट ९८ जनाले करिब ३ हजार पाउण्ड सहयोग गरिसकेको बताउदै जोकोहीले पनि जस्ट गिभिङ डटकम (वगकतनष्खष्लन।अयm० नामक अनलाइनमार्फत रकम सहयोग गर्न सक्ने जानकारी दिएका छन् । अनाथ बालबालिकाका लागि बिश्वभरबाट माया,साथ,सहयोग र हौसला दिनुहुन उनले सबैलाई अनुरोध गरेका छन् ।

०००

Leave a Reply