चलचित्र ‘लाखे’मा अडिसनबाट छानिए १० जना कलाकार

चलचित्र  ‘पासवर्ड’ निर्देशक सम्राट बस्नेतको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘लाखे’ का लागि १० जना कलाकार अडिसनमार्फत् छनोट भएका छन् । थापागाउँस्थित कान्तिपुर फिल्म कलेजमा भएको अडिसनमा निर्माण टिमले चलचित्रका लागि एक सह-अभिनेत्री, एक बालकलाकारसहित विभिन्न चरित्रका लागि १० जना कलाकार छानेको हो ।

सह-नायिका रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी अडिसनमार्फत् छानिएका हुन् । चलचित्रका लागि नायकहरु सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा लगायतका कलाकार फाइनल भइसकेको छ ।

ग्लोबल मिडिया एण्ड रिसर्च सेन्टर प्रालि र औरियन प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको चलचित्रको प्रस्तुतकर्तामा गणेश मल्ल ठकुरी रहेका छन् । चलचित्रको छायांकन पुसबाट शुरु गरिने जनाइएको छ ।

ठूलो बजेटमा निर्माण हुने बताइएको चलचित्रको नाम ‘लाखे’ राखिएपनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परा विषयवस्तुमा पूरै नसमेटिएको निर्देशक बस्नेत बताउँछन् । नेपालको संस्कृतिमा रहेको ‘लाखे’ परम्पराको प्रचार गर्ने उद्देश्यले चलचित्रको नाम ‘लाखे’ जुराइएको निर्देशक बस्नेतको भनाइ छ ।

Leave a Reply